तिरुपति अटो सिटी इटहरीद्धारा तिज विशेष कार्यक्रमको आयोजना

न्यूपाटी
0
SHARES

इटहरी । नेपाली महिलाहरुको महान पर्व तिजलाई लक्षित गरी हरेक वर्ष तिज विशेष कार्यक्रमको आयोजना गर्दै आएको तिरुपति अटो सिटीले यस वर्ष पनि निरन्तरता दिएको छ ।

विशेष गरी आफना ग्राहकहरुलाई लक्षित गरी तिरुपति अटो सिटीले तिज विशेष कार्यक्रम आयोजना गरेको हो । इटहरीमा रहेको यमाहा मोटरसाईकलको विक्रेता तिरुपति अटो सिटीले केही वर्ष यता देखि स्कुटि खरिद गर्ने महिलाहरुलाई बोलाएर तिज विशेष कार्यक्रम गर्दै आएको छ ।

हिन्दु महिलाहरुको महान पर्वका अवसरमा परम्परालाई निरन्तरता दिदै आफना ग्राहकहरुलाई एकीकृत गरी दर खुवाउने कार्यलाई विगत झै निरन्तरता दिएको तिरुपति अटो सिटी इटहरीका सञ्चालक संजोय पराजुली वताउछन । व्यवसायीक प्रतिस्ठानले आयोजना गर्ने तिज विशेष कार्यक्रममा समेत महिलाहरुको उत्साहजनक सहभागिताका साथै नाचगान गरेर रमाइलो गर्ने गरेका छन ।

Facebook Comments

१० भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु