हङकङमा प्रदर्शन जारी

न्यूपाटी
0
SHARES

काठमडौं,२ भदौ । हङकङमा सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु पुन प्रदर्शनमा उत्रिएका छन् । प्रर्दशनकारीहरुले स्थानीय भिक्टोरिया पार्कमा भेला भई शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

गत सोमबार र मंगलबार प्रदर्शकारीले विमानस्थल नै कब्जा गरेपछि एसियाका व्यस्त विमानस्थल मध्येको हङकङ विमानस्थलमाबाट सयौं उडान प्रभावित भएका थिए ।बिरोध प्रदर्शन चर्कंदै गएपछि हङकङमा रहेका चिनिया जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता ब्यक्त हुने गरेको छ ।

गत साता भएका हिंसात्मक घटनापछिको यो पहिलो ठूलो प्रदर्शन हो । नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो ।

गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शन भएपछि यस पटक शान्तिपूर्ण प्रदर्शन गरिएको हो । उता सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएका छन् ।

Facebook Comments

२ भाद्र २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु