इटहरी लेडि जेसिजको सप्ताहब्यापि कार्यक्रम सम्पन्न

न्यूपाटी
0
SHARES

इटहरी,३२ साउन । इटहरी लेडि जेसिजको सप्ताहब्यापि कार्यक्रम अन्र्तगत वक्तित्वकला प्रतियोगिता सँगै आज सम्पन्न भएको छ । सप्ताहिक कार्यक्रम अन्र्तगत ट्रफिक सचेतना सम्बन्धि जनचेतना कार्यक्रम,रक्तदान कार्यक्रम,भाषण कला,माईन्यूट तथा प्रतिवेदन लेखन तालिम लगायत कलेज स्तरिय वक्तित्वकला प्रतियोगिता सहित समापन गरिएको हो ।

जेसिज सप्ताह अन्र्तगत सातौं कार्यक्रमका रुपमा आयोजित समृद्धि र शुसाशनका लागि युवा विषय कलेज स्तरिय वक्तित्वकला प्रतियोगितामा सुषमा गोदावरी कलेजकी पुस्तीका भण्डारी प्रथम , कस्तुरी कलेजका सुरेन्द्र भण्डारी द्धितिय , विश्व आदर्श कलेजकी श्रृषा भट्टराई तृतिय र कोशी सेमजेम्स कलेजकी जानुका शर्मा शान्त्वना भएका थिए ।

वक्तित्वकला प्रयोगिताका विजयी विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रा.डा. टंक न्यौपानेले क्रमश दुई हजार , पन्ध्र सय ,एक हजार र पाँच सय नगद सहित प्रमाणले पुरस्कृत गरे । इटहरी लेडि जेसिजकी अध्यक्ष सिता रसाइलीको अध्यक्षता सुरु भएको सप्ताह यसै विच यस वर्षका लागि समापन गरियो । समापनका अवसरमा आयोजित वक्तित्वकला प्रतियोगिताका निर्णायक कृष्ण अधिकारी , हरिप्रसाद दाहाल रहेका थिए । निर्णाक सहित सप्ताह सफल वनाउन संयोजकको भुमिका निर्वाह गर्ने लेडि जेसिज आवद्ध व्यक्तित्वहरुलाई मायाको चिनो प्रधान गरियो ।

Facebook Comments

३२ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु