नेफस्कुन को ३२ औं स्थापना दिवस सम्पन्न

न्यूपाटी
0
SHARES

इटहरी,३२ साउन । नेपाल बचत तथा ऋृण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ्स्कुन को ३२ औं स्थापना दिवस इटहरी फिल्ड अफिसले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।

इटहरी फिल्ड अफिस मातहत रहेर विभिन्न क्षेत्रमा उत्कृष्ठ काम गर्ने बचत तथा ऋण सहकारी संस्थाहरुलाई सम्मान गरि मनाएको हो । फिल्ड अफिस अन्र्तगत रहेको सहकारीहरु मध्ये उत्कृष्ठ शेयर कारोवार गर्ने इटहरीको शुभलाभ बचत तथा ऋृण सहकारी , बचत तर्फ लेटागंको फडानी बचत तथा ऋण सहकारी संस्था , ऋण तर्फ सुन्दरपुर बचत तथा ऋण सहकारी लगायतका बचत तथा ऋण सहकारी संस्थाहरुलाई सम्मानित भएका हुन ।

सम्मानित सहकारीहरुलाई कार्यक्रमका प्रमुख अतिथी १ नम्बर प्रदेससभाका सभामुख प्रदिपकुमार भण्डारीले सम्मान गरे । नेफ्स्कुन सञ्चालक तथा इटहरी फिल्ड अफिस व्यवस्थापन उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा भएको कार्यक्रममा शालिकराम ढकाल लगायतले नेफ्स्कुनका गतिविधिहरुका विषयमा बोलेका थिए ।

Facebook Comments

३२ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु