राजनीतिसँगै कृषि कर्ममा युवा जनप्रतिनिधि

न्यूपाटी
0
SHARES

इनरुवा,३२ साउन । राजनीति पेशा होइन, समाजसेवा हो’ भन्ने मान्यतालाई राजनीतिमा लागेका इनरुवाका केही युवा जनप्रतिनिधीहरुले व्यवहार मै उतार्न थालेका छन् । उनीहरु जीविकोपार्जनका निम्ति कृषिलाई पेशा बनाउन थालेका छन् भने राजनीतिलाई विशुद्ध समाजसेवाको रुपमा अघि बढाउने प्रयासमा छन् । बसिरमुद्धिन मंसुरी इनरुवा नगरपालिका ९ नं. का वडा अध्यक्ष हुन् ।

पाँच वर्षदेखि उनी राजनीति सँगसँगै कृषि पेशा अङ्गालिरहेका छन् । उनले केरा खेती र धान खेतीलाई आफ्नोआयस्रोतको रुपमा लिएका छन् । ‘पछिल्लो पटक राजनीतिमा लाग्ने मानिसहरु भ्रष्टाचारमा संलग्न छन् भन्ने आमगुनासो छ,’ मंसुरी भन्छन, ‘सामाजिक रुपमा हेर्दा राजनीति मात्रै गर्नेको जीवनशैली रवाफिलो देखिन्छ, जसले जनताको मनमा प्रश्न उब्जाइदिएको छ । यसलाई तोड्न पनि कृषि कर्ममा जोडिएको हू ।’ उनले थपे, ‘समय व्यवस्थापन गर्ने कुरा हो । मैले पहिलेको तुलनामा अझ बढी राजनीतिमा समय दिन सकेको छु । मलाई आर्थिक समस्या छैन । राजनीतिमा लाग्दा अरुको मुख ताक्नुपरेको छैन ।’ उनी भन्छन, ‘कम्तीमा चार बिघा जमीनमा व्यावसायिक खेती गर्ने हो भने नेपाल सरकारको अधिकृतले कमाउने सरहको कमाइ गर्न सकिन्छ ।’

राजनीतिलाई धेरैले पेशा बनाउँदा राजनीतिप्रति जनताको विश्वास घटेको अनुभव सुनाउँदै उनले राजनीतिसँगै कृषिमा लाग्नुका कारण प्रष्ट्याए । ‘राजनीति गर्न चाहिने आर्थिक स्रोत आफैंले जुटाउन पर्छ भन्ने ठानेर कृषि पेशा रोजेको हु, यसले मलाई आत्मनिर्भर बन्न पनि सघाएको छ,’ मियाँ भन्छन, ‘नेपालमा कृषि पेशा गर्नेको संख्या घट्दै गएको छ । सबैजसो युवाले विदेश ताक्न थालेका छन् । मैले यही मेहनत गरेर राम्ररी जीविका चलाएको छु ।’

बसिरमुद्धिन जस्तै इनरुवा १० का वडा अध्यक्ष सुल्तान मियाँले पनि कृषिलाई पेशा बनाएका छन् । राजनीतिमा जतिको सक्रिय छन, सुल्तान त्यतिकै आफ्नो कृषि पेशालाई समेत व्यवस्थित बनाएका छन् । मियाँले तरकारी खेती गरेका हुन् र अहिले यही व्यवसाय उनका लागि आत्मनिर्भर बन्ने बाटो बनेको छ । उनले खेतीपाती सँगैसँगै वडाबासी जनताहरुको काममा दिनरात लागि रहेका छन् ।

पढेलेखेका युवाले कृषिमा भविष्य बनाउन सक्छन् र यो आर्थिक सशक्तीकरणको एक माध्यम पनि हो भन्ने उदाहरण दिन यो पेशामा लागेको हूँ ।’ वडा अध्यक्ष मियाँ कृषिसँगै राजनीतिमा उत्तिकै सक्रिय छन् । उनी भन्छन, ‘मेरो व्यवसायले मलाई अप्ठेरो होइन, बरु सजिलो बनाएको छ । मलाई अझ समाजसेवामा सक्रिय हुने अवसर मिलेको छ ।’  ‘कृषिलाई व्यावसायिक रुपमा गर्ने हो भने राम्रो कमाइ गर्न सकिने माध्यम बन्न सक्ने उनि बताउँछन ।

स्थानीय बासिन्दालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्न स्थानीय सरकारले कृषिमुखी योजनाहरु ल्याउनुपर्नेमा जोड दिए ।

Facebook Comments

३२ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु