हङकङमा विरोध प्रदर्शनका कारण विमानस्थलबाट हुने उडान प्रभावित

न्यूपाटी
0
SHARES

काठमाडौं,२९ साउन । हङकङमा १० हप्तादेखि जारी विरोध प्रदर्शनका कारण विमानस्थलबाट हुने उडान प्रभावित भएका छन् । सोमबारदेखि प्रदर्शनकारीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थल वरपर प्रदर्शन जारी राखेका छन् ।

प्रदर्शनकारीहरु प्रस्थान क्षेत्रमा बसेका कारण यात्रुहरुलाई विमानस्थल प्रवेश गर्न अफ्ठेरो भएको बीबीसीले जनाएको छ । अधिकारीहरूले प्रदर्शनकारीलाई सचेत गराउँदा गराउँदै पनि विमानस्थलमा भिड जम्मा भएको थियो ।

प्रदर्शनकारीहरूले लगेज बोकिने ट्रलीहरू प्रयोग गरेर अवरोध गरेको समाचारमा जनाइएको छ । मुख्यगरी विमानस्थलको बाहिरी क्षेत्रमा केन्द्रित भएको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएका खबर पनि छन् ।

Facebook Comments

२९ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु