उ.वा. संघ इटहरीद्धारा आयोजित स्वास्थ्थ शिविर सम्पन्न

न्यूपाटी
0
SHARES

इटहरी,२८ साउन । उद्योग वाणिज्य संघ इटहरीद्धारा आयोजित महिलाहरुको लागी निः शुल्क पाठेघर परिक्षण तथा स्तन क्यान्सर सम्बन्धि जनचेतना तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिज लाई लक्षित गरि संघले एक दिने स्वास्थ्थ शिविर सञ्चालन गरेको हो ।

नोवल मेडिकल कलेज बिराटनगरको प्राविधिक सहयोगमा सञ्चालन भएको शिविरमा इटहरी उपमहानगरपालीकाको २० वटा वडाबाट करिब २९२ जना बिरामीले सेवा लिएको उद्योग वाणिज्य संघ इटहरीकी कोषाध्यक्ष तथा कार्यक्रम संयोजक गायत्री भण्डारिले जानकारी दिईन् ।

निःशुल्क रुपमा गरिएको परिक्षणमा १६५ जनाले अल्ट्रा साउण्ड , १२५ जनाले इसिजिको सेवा लिएका छन् भने ५५ जना जटिल समस्याका बिरामीहरु भेटिएका छन् । जसमध्ये ६५ जनालाई नोवल मेडिकलमा रेफर गरिएको कार्यक्रम संयोजक एवंम वाणिज्य सचिव शोभा कोईरालाले बताईन् ।

निःशुल्क परिक्षण संगै करिब एक लाख २५ हजार बराबरको औषधि पनि निःशुल्क बितरण गरिएको छ । जसमध्ये ७५ हजार बराबरको औषधि नवरत्न मेडिसिन, इटहरीले सहयोग गरेको थियो भने देव मेडिकल र रोशन कटुवालले ५० हजार बराबरको सहयोग गरेका छन् ।

Facebook Comments

२८ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु