माछा मार्न थापेको जालमा परेर दुई जनाको मृत्यु

न्यूपाटी
0
SHARES

स्याङ्जा,२८ साउन । माछा मार्न थापेको जालमा परेर स्याङ्जामा दुई जनाको मृत्यु भएको छ। मगंलबार जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर ५ को ज्याग्दी खोलामा माछालाई थापेको जालमा बेरिएर ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय निरबहादुर आलेको मृतयु भएको प्रहरीले जनाएको छ।

निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा वीरबहादुर पनि जालमा बेरिएको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले बताए। मृतकहरुको शवलाई पोष्टमर्टमका लागि वालिङ लगिएको प्रहरीले जनाएको छ।

Facebook Comments

२८ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु