आरक्षण सुनिश्चितको माग गर्दै आदिवासी जनजाति समूहद्धारा बालुवाटारमा धर्ना

न्यूपाटी
0
SHARES

काठमडौं,२८ साउन । लोकसेवा आयोगद्वारा प्रकाशित विज्ञापन खारेजीको माग गर्दै आज आदिवासी जनजाति समूहद्धारा बालुवाटारमा धर्ना दिएका छन । संघियताको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित लोक सेवा आयोगले बिज्ञापन प्रकाशित गरेको भन्दै यस अघि पनि आिदिवासी जनजाती समूहले बिरोध गर्दै आएका छन ।

लोकसेवा आयोगद्वारा गरिएको विज्ञापन खारेजीको माग गर्दै उनीहरु धर्नामा बसेका हुन् । उनीहरुले बालुवाटारको निषेधित क्षेत्रअगाडि नाराबाजी गर्दै धर्ना दिएका थिए । प्रदर्शनकारीले संविधान मिच्न पाइँदैन, महिला आरक्षण सुनिश्चित गर, लोकसेवा आयोगको असमान विज्ञापन खारेज गर भन्दै नाराबाजी गरेका थिए । कार्यक्रमस्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो ।

Facebook Comments

२८ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु