लागुऔषध सहित २ जना उदयपुरबाट पक्राउ

न्यूपाटी
0
SHARES

उदयपुर, २८ श्रावण । उदयपुरको त्रियुगा नगरपालिका-६ लालपत्ताबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले स ७ प ८८०९ नम्बरको मोटरसाईकलमा सवार रहेका सिराहाको भगवानपुर गाउँपालिका-२ का २० बर्षीय मुकेश कुमार यादव र २३ बर्षीय रमेश कुमार महतोलाई फेनारगन १०० एम्पुल, नोर्फिन १०० एम्पुल, डाईजोल्याप १०० एम्पुल र नगद रु.७२३० सहित सोमवार अपरान्ह ५ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Facebook Comments

२८ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु