प्रधानमन्त्री ओली आज स्वदेश फर्किंदै

न्यूपाटी
0
SHARES

काठमाडौं,२७ साउन । स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज सोमवार स्वदेश फर्किने भएका छन् । प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि यही साउन १८ गते सिङ्गापुर जानुभएको थियो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो ।

प्रधानमन्त्री ओली दिउँसो साढे १२ बजे थाई एयरको विमानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओली शुक्रवार स्वदेश फर्किने भनिएको थियो । त्यसपछि सरेर आइतवार फर्किने भनिएपनि स्वदेश फर्किने कार्यक्रम आज सोमवार सरेको थियो ।

Facebook Comments

२७ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु