इटहरीमा ड्रिम मोडलिङ्ग एजेन्सीद्धारा पुर्वाञ्चल मेसिभ फेसन सो को आयोजना गर्ने तायारी

न्यूपाटी
0
SHARES

इटहरी,२६ साउन । इटहरीमा ड्रिम मोडलिङ्ग एजेन्सीले पुर्वाञ्चल मेसिभ फेसन सो को आयोजना गर्ने भएको छ । फेसन प्रति रुचि भएका तर अवसरबाट बञ्चित भएका युवाहरुलाई लक्षित गरि फेसन सो को आयोजना हुन लागेको हो । समाजमा फेसन भन्ने बित्तिकै नकारात्मक सोच हावि भएको देखिन्छ ।

छोटो पहिरन लगाउनु र स्टेजमा र्याम्प गर्नु मात्र फेसन होईन । फेसन सो को माध्यमबाट क्षमता बिकास गर्नु ,आत्म निर्भर र समाजमा सकारात्मक सन्देस दिनु पनि फेसन सो को अर्को पाटो भएको ड्रिम मोडलिग्ङ एजेन्सिका फाउण्डर सौरभमान भण्डारीले बताए । पछिल्लो समय युवाहरुको फेसन प्रति रुचि बढ्दै गएको छ । अभिभावकहरुले पनि आफ्नो सन्तानलाई रुचि अनुसार सहयोग गर्न थालेको भण्डारी बताउछन ।

भदौ २१ गते सम्पन्न हुने पुर्वाञ्चल मेसिभ फेसन सो को पहिलो अडिसन यहि साउन ३२ गते र दोस्रो अडिसन भदौ ७ गते इटहरीमा हुनेछ । दुबै अडिसन बाट ४० जना युवा युवतीहरुको छनौट गरिने छ । प्रतियोगितामा १६ बर्ष देखि २५ बर्ष उमेर समूहका युवा युवतीहरुले मात्र भाग लिन पाउने छन भने अडिसन बाट छनौट भएका प्रतियोगिहरुलाई बिभिन्न १० बिद्यामा तालिम गराईने कार्यक्रम प्रमुख सोनी भुजेलले जानकारी दिईन । सहभागि सबैलाई निशुल्क तालिमको ब्यवस्था गरिएको छ ।

Facebook Comments

२६ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु