समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुग्यो

न्यूपाटी
0
SHARES

काठमाडौं,२६ साउन । चीनको वेन्लिङ क्षेत्रमा आएको समुद्री आंधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ ।सांघाई र ताइवानबीचको वेन्लिङमा आँधीपछि पहिरो आएको अधिकारीहरुले जनाएका छन् ।

लेखिमा नाम दिइएको आँधीका कारण १० लाख भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा जान भनिएको छ । विद्युत आपूर्ति बन्द हुँदा ३० लाख मानिस प्रभावित भएको सिन्ह्वाले जनाएको छ । आँधीका कारण हजारौं उडान रद्ध भएका छन् भने रेल सेवा बन्द गरिएको छ ।

लेखिमा बिस्तारै उत्तरी झेजियाङ प्रान्ततर्फ अगाडि बढेको सांघाईमा समेत असर पुर्‍याउने अनुमान गरिएको छ ।अत्याधिक जनघनत्व भएको सांघाइतर्फ लेखिम बढ्दै गएकाले थप क्षति हुन नदिनका लागि सर्वसाधारणलाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको अन्तरर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Facebook Comments

२६ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु