मिसेस तीज -दोस्रो अडिसनबाट ८ जना छनौट

न्यूपाटी
0
SHARES

इटहरी,२५ साउन । द विहानी डान्स सेन्टर इटहरीको आयोजनामा भैरहेको प्रदेस नं. १ स्तरीय मिसेस तिजको दास्रो अडिसन सम्पन्न भएको भएको छ । अडीसनबाट बाट ८ जना महिला मिसेज तीज प्रतिस्पर्धाकालागि छनौट भएका छन । द विहानी डान्स सेन्टरद्धारा आयोजित मिसेस तीज प्रतिस्पर्धाकालागि पहिलो अडिसनमा २५ जना छनौट भएका थिए भने दोस्रो अडिसनमा ८ जना छनौट भएका हुन् ।

अडिसनमा सहभागीहरुलाई रेम्स वर्क,कुकरी,पब्लीक स्पीकीङ,ब्युटि टिप्स,रिफ्रेसमेन्ट टुर,फोटोसुट,अकुवा जुम्वा,हेल्थ टिप्स,रक्तदान,लगायतको विषयमा तालिम दिइने आयोजकले जानकारी गराएको छ । आयोजक समुहका सन्दिप कार्की,२०७४ सालकि मिसेस तीज रञ्जु सिग्देल,मार्टिना मेकअप स्टुडियो इटहरीकी उर्वी श्रेष्ठ,२०७५ की फ्रस्ट रनरफ मेनुका माझीे दोस्रो अडीसन राउण्डका निर्णयक रहेका थिए ।

नेपाली महिलाहरुको महान चाड हरीतालिका तीजको अवसरमा गरीने यस प्रकारको कार्यक्रमले महिलाहरुमा क्षमता अभिवृद्धि हुनुका साथै आत्मविश्वास बडाउने हुदा प्रत्येक बर्ष मिसेस तीज आयोजना गरिर्दै आएको कार्यक्रम संयोजक प्रनिसा उदासले बताईन ।

Facebook Comments

२५ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु