आजदेखि जम्मू जिल्लाका विद्यालय तथा कलेजहरु खुल्ने

न्यूपाटी
0
SHARES

काठमडौं,२५ साउन । आजदेखि जम्मू जिल्लाका विद्यालय तथा कलेजहरु खुल्ने भएका छन् । धारा १४४ हटाइएपछि आजदेखि जम्मू जिल्लामा विद्यालय तथा कलेजहरु खुल्ने भएका हुन ।

धारा १४४ अन्तर्गत प्रशासनले कश्मीरका संवेदनशील मानिएका क्षेत्रमा कफ्र्यू जारी गर्दै सुरक्षा व्यवस्था कडा बनाएको थियो । जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटेको चार दिनपछि स्थानीयले राहत महसुस गरेका छन् ।

जम्मु जिल्लाका डीएम सुष्मा चौहानले हिजो जम्मु नगरपालिका सीमासम्म सबै क्षेत्रबाट धारा १४४ हटाइएको घोषणा गरेपछि आज देखि जम्मू जिल्लाका बिद्यालय ,कलेजहरु खुल्ने भएका हुन ।

Facebook Comments

२५ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु