धनकुटा कांग्रेसले निर्वाचन जित्ने बुटी पायो

न्यूपाटी
0
SHARES

काठमाण्डौ २४ साउन । नेपाली कांग्रेस धनकुटालाई हरेक तहको निर्वाचन जित्ने आधार सहितको प्रतिवेदन राष्ट्रिय जागरण अभियानका केन्द्रिय प्रतिनिधि पूर्व राज्य मन्त्री दिपक खड्काले काठमाण्डौमा एक समारोहका विच आज प्रदान गर्नु भएको छ ।

नेपाली कांग्रेस धनकुटालाई सुदृढगरी सशक्त बनाउदै निर्वाचन जित्ने बुटीको रुपमा रहेको सुझाव सहितको प्रतिवेदन पूर्व राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय प्रतिनिधि दिपक खड्काले धनकुटा जिल्लाका सचिव विजय सन्तोषी राईलाई एक समारोहका विच प्रदान गर्नु भएको हो ।

यूवा नेता तथा पूर्व राज्य मन्त्री खड्काले धनकुटाका ६० वटै वडा र ७ वटै पालिकाहरुमा परिचालित प्रतिनिधिहरुको सुझावको आधारमा तयार गरिएको यस प्रतिवेदन धनकुटा कांग्रेसलाई अव हुने हरेक तहको निर्वाचनमा निर्वाचन जित्ने बुटीको रुपमा हुने वताउदै यस अनुरुप धनकुटा कांग्रेसले अहिले देखिनै संगठन गर्नु पर्ने वताउनु भयो भने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले प्राप्त प्रतिवेदनलाई जिल्ला समितिको बैठकमा छलफल गरी प्रतिवेदनको आधारमा नया ढंगबाट संगठनलाई क्रियाशिल बनाई आगामी हुने हरेक तहको निर्वाचनहरुमा धनकुटामा निर्वाचन जित्ने विश्वास व्यक्त गर्नु भयो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस धनकुटा — काठमाण्डौ सम्पर्क समितिका सभापति भिम थापा लगायत सम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरु,नेपाली कांग्रेस धनकुटका नेताहरु र संखुवासभा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जनक थापा लगायत संखुवासभाका नेताहरुको सहभागीता रहेको थियो ।

Facebook Comments

२४ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु