२५औं विश्व आदिवासी दिवस इटहरीमा पनि मनाईयो

न्यूपाटी
0
SHARES

इटहरी,२४ साउन । नेपाल आदिवासी जनजाति महासंघ इटहरीको आयोजनामा इटहरीको मुख्य चौक क्षेत्रमा २५औं विश्व आदिवासी दिवस औपचारिक कार्यक्रम गरी मनाइएको छ ।

आदिवासी दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रमका वक्ताहरुले संविधान निर्माण भई मुलुक संघियतामा गइसकेको भएपनि आदिवासीहरुलाई उपेक्षा गरिएको आरोप लगाए । लोक सेवा आयोगको विज्ञापनमा समेत आरक्षणलाई उपेक्षा गरि विज्ञापन प्रकाशित गरि परिक्षा लिन थालिएको भन्दै आदिवासी अगुवाहरुले गुनासो गरे ।

नेपाल आदिवासी जनजाति महासंघ इटहरीका अध्यक्ष कर्णविक्रम लिम्बुको अध्यक्षता तथा १ नम्बर प्रदेस आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आग्बोको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा आदिवासी जनजाति नेता रेशम गुरुगं , राम माण्डुपा राई , प्रदेससभा सदस्य राजन राई लगायतले बोलेका थिए । सो अवसरमा राजु थापा मगर ,क्वीक रेस्क्यु टिम र महेशकुमार रानामगरलाई सम्मान गरियो ।

Facebook Comments

२४ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु