काउन (CAWON)मोरङको आयोजनामा एक दिने गोष्टी कार्यक्रम सम्पन्न

न्यूपाटी
0
SHARES

लेटाङ्ग,२३ साउन । नेपाल ट्रेड युनियन कांग्रेस आबद्ध काउन (CAWON)मोरङको आयोजनामा एक दिने गोष्टी कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेसलाई धनीहरुको पार्टी भन्ने आरोप लागि रहेका बेला नेपाली कांग्रेस लेटाङ्गका नगर उप सभापति बेल कु. लिम्बूले उक्त आरोप स्वृकार गरेका छन ।

लिम्बुले नेपाली कांग्रेसले निम्न बर्गीय जनताको पहुच उच्च बर्गीय सम्म पुर्याउने अठोट बोकेकोले  गरिब जनतालाई धनीको बर्गीकरणमा पुर्याउदछ । कांग्रेसले गरिब जनतालाई झुठो सपना बाडेर शोषण र दमन गरेर झन गरिब ,निमुखा नबनाएको बताउदै जनताको आर्थिक स्तर माथि उठाउन विभिन्न कार्य योजनाहरुका साथ जनतालाई धनि बनाएर धनी पार्टी बनाउने हुदा कांग्रेसलाई धनीहरुको पार्टी कसैले भन्दा आफ्नो चित्त दुखाई नभएर  गैरव भएको लिम्बुको भनाई थियो।

त्यसैगरि नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं. १ का अध्यक्ष नारायणबाबु कार्कीले काउनको उद्धेश्य बारे प्रकाश पार्दै प्रजातान्त्रिक पार्टी भनेको नेपाली कांग्रेस मात्रै भएको हुदा ,ब्यक्तिगत स्वतन्त्रता ,सम्पत्तिको सुरक्षा,मानव अधिकारको रक्षा,प्रेस स्वतन्त्रताको अधिकार दिलाउन अहोरात्र नेपाली कांग्रेस मात्रै लागि परेको भन्दै बिगतमा भएको कमिकमजोरीहरुलाई सुधार गर्दै आगामी दिनमा कांग्रेसलाई बलियो बनाउन कांग्रेस प्रति अझ बढी आस्था राख्न जरुरी भएको बताउनु भयो ।

नेपाली कांग्रेस लेटाङ्गका नगर उप सभापति बेल कु. लिम्बूको प्रमुख आतित्यथामा भएको उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस प्रदेश नं १ का अध्यक्ष नारायणबाबु कार्की,प्रदेश १ महिला अध्यक्ष सुनिता घिमिरे,प्रदेश १ सह सचिव सुमन अधिकारी,युवा समिति मोरंग अध्यक्ष रिना बाबा श्रेष्ठ,मोरंग अध्यक्ष सुशील कोईराला लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम काउन मोरंग अध्यक्ष मोहरम मियाको सभाध्यक्षता सम्पन्न भएको थियो ।

Facebook Comments

२३ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु