भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन

न्यूपाटी
0
SHARES

काठमडौं,२२ साउन । भारतकी पूर्व विदेशमन्त्री सुषमा स्वराजको निधन भएको छ । उनलाई मङ्गलवार राति उपचारको लागि दिल्लीको एम्स् अस्पताल लगिएको थियो ।

६७ वर्षीय नेतृ स्वराजको ‘कार्डियो अरेस्ट’ का कारण गएराति निधन भएको जनाइएको छ । उपचारकै क्रममा उनको निधन भएको हो ।

सत्तारुढ दल भारतीय जनता पार्टीकी नेतृ स्वराजले स्वास्थ्य अवस्था कमजोर रहेको जनाउँदै लोकसभा निर्वाचनमा उम्मेदवार बन्न अस्वीकार गरेकी थिइन् ।

२५ वर्षको उमेरबाटै राजनीतिमा सक्रिय रहँदै आएकी उनी पटक–पटक सांसद बनेकी थिइन् । नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारको पहिलो कार्यकालमा उनी विदेशमन्त्री थिइन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्वराजको निधनमा दुःख व्यक्त गरेका छन् ।

Facebook Comments

२२ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु