प्रदेश १ स्तरीय मिसेस तिजको इटहरी अडिसन सम्पन्न

न्यूपाटी
0
SHARES

इटहरी,२० साउन । प्रदेश १ स्तरीय मिसेस तिजको इटहरी अडिसन सम्पन्न भएको छ । द बिहानी डान्स सेन्टरद्धारा आयोजित मिसेस तिजको इटहरी अडिसनमा पूर्वाञ्चलबाट झापा, मोरङ र सुनसरीका २५ जना विवाहित महिलाहरुले सहभागिता जनाएका थिए ।

डान्स सेन्टरले विगतमा पनि यस प्रकारको कार्यक्रमहरु गर्दै आएको छ । अडिसन राउण्ड पार गरेका सहभागि महिलाहरुलाई सेन्टरले मोडलिङका लागि आवश्यक बिषयमा तालिम दिने आयोजकले जानकारी दिएको छ । छनौट भएका सहभागिहरुलाई क्षमता अभिवृद्धी गराउने तथा ब्यक्तित्व बिकासमा सहयोग पुर्याउने उदेश्यले मिसेस तिज आयोजना गर्न लागिएको जनाईएको छ । महिलाहरुलाई ¥याम्प वर्क, कुक ट्रेनिंग, उद्घोषण, ब्युटि टिप्स, जुम्बा, हेल्थ टिप्स लगायतको बिषयमा तालीम प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

यस पटको अडिसनमा ब्यावसायी सुनिल भुसाल,नृत्य निर्देशक  इस्वरी सिग्देल,मिसेस तिज २०७५ की विजेता रोषनी गुरुङ,मिसेस स्टेट निरा गुरुङ जजको भुमिकामा देखा परेका छन भने कार्यक्रमको संयोजन प्रनिसा उदासले गरेकि छिन

Facebook Comments

२० श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु