हङकङमा प्रदर्शन झनै चर्कियो

न्यूपाटी
0
SHARES

काठमाडौं,१९ साउन ।  हङकङमा सुपुर्दगीसम्बन्धी विधेयकको विरोधमा लाखौं मानिस सडकमै उत्रिएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरुले हङकङ र चीनबीचको रेल–वे सेवा नै अबरुद्ध गरेका छन् । प्रदर्शकारीले हङकङको वेष्ट कोउलुन रेलवे स्टेसनमा धर्ना दिई चीन जाने यात्रुहरुलाई रोकेका हुन ।  ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ ।

प्रदर्शनकारीले मोङ कप जिल्लामा निकालेको र्‍यालीमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।प्रदर्शनकारीहरुले सोमबारका लागि आह्वान गरिएको हड्तालमा सहभागी हुन आह्वान गरेका छन् । यसैबीच बेइजिङ र चिनियाँ सेनाले हङकङमा जारी तनावलाई लिएर कडा चेतावनी दिएका छन् ।

सरकारले विधेयक तत्कालका लागि स्थगित गरे पनि प्रदर्शनकारीले पूर्णरूपमा खारेज हुनुपर्ने माग गरेका छन् । सरकार र प्रदर्शनकारी दुवै पक्षले आ–आफ्नो अडान कडा पार्दै लगेको अवस्थामा प्रदर्शन रोकिने संकेत देखिएको छैन ।

प्रदर्शनकारीहरुले प्रजातान्त्रिक अधिकार थप गर्नुपर्ने र हङकङकी नेतृ क्यारी लामको राजीनामा माग गरेका छन् । प्रदर्शनकारीहरुले सुपुर्दगी विधेयकले हङकङलाई योजनाबद्ध ढंगबाट चीनको पूर्ण नियन्त्रणमा ल्याउन खोजेको आरोप लगाएका छन् ।

Facebook Comments

१९ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु