ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु

न्यूपाटी
0
SHARES

काठमडौं,१६ साउन । अल- कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जाको मृत्यु भएको छ । ओसामाका पुत्र हम्जा बिन लादेनको मृत्यु भएको स्थान र मितिबारे केही नखुलेको अज्ञात स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

गत फेब्रुअरीमा अमेरिकाले हम्जाको बस्ने ठाँउबारे जानकारी दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेको थियो ।

हम्जाको मृत्यु सम्बन्धी खबर सुरुमा अमेरिकी टेलिभिजन नेटवर्क एनबिसी र द न्युर्योक टाइम्सले प्रकाशित गरेका हुन् । हम्जाको मृत्यु बारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिप्पणी गर्न अस्वीकार गरेका छन् । हम्जाले अमेरिका र अन्य देशहरूमा आक्रमण गर्न आग्रह गर्दै भिडियो र अडियो सार्वजनिक गरेका थिए ।

उनले आफ्ना पिताको अमेरिकाद्वारा गरिएको हत्याको बदला लिन जिहादीहरूलाई आग्रह समेत गरेका थिए। गत मार्चमा साउदी अरेबियाले हम्जाको नागरिकता खोसेको थियो ।

Facebook Comments

१६ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु