पाकिस्तानमा सेनाको विमान मानव बस्तीमा खस्दा १७ जनको मृत्यु,१२ घाईते

न्यूपाटी
0
SHARES

काठमडौं,१४ साउन । पाकिस्तानमा सेनाको विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ भने १२ जना घाईते भएका छन् । सेनाको सानो विमान आज विहान रावलपिन्डीनजिकै एउटा आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा १२ जना सर्वसाधारण र चालक दलका ५ जना सदस्यको मृत्यु भएको हो ।

उडान अभ्यासको क्रममा विमान दुर्घटना भएको हो । विमान खसेपछि सल्किएको आगोले स्थानीयहरुको घर समेत जलेका छन् । यसअघि सन् २०१०मा निजी विमान कम्पनीले सञ्चालन गरेको विमान इस्लामाबादनजिकै दुर्घटनाग्रस्त हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो । विमान दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन । अझै पनि उद्धार कार्य जारी रहेको बीबीसीले जनाएको छ ।

Facebook Comments

१४ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु