नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्कदै

न्यूपाटी
0
SHARES

काठमाडौँ,१३ साउन । सिंगापुरमा सम्पन्न आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनल खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज (सोमबार) स्वदेश फर्कदै छ । नेपाली राष्ट्रिय टोलीका टिम म्यानेजर रमण सिवाकोटीले नेपाली टिम राति स्वदेश फर्कने जनाएका छन् । नेपाली टिम आज राति १० स् ३० बजे स्वदेश आईपुग्ने छ । प्रतियोगितामा नेपाल तेस्रो भएको थियो ।

आइतबार भएको निकै महत्वपूर्ण खेलमा नेपाल सिंगापुरसँग ८२ रनले पराजित भएको छ । सिंगापुरसँग पराजित भएसँगै नेपालको अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टी-ट्वान्टी विश्वकप खेल्ने सपना सकिएको थियो ।

Facebook Comments

१३ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु