आकासियो तरकारीको मूल्य

न्यूपाटी
0
SHARES

इटहरी,१२ साउन । निरन्तरको वर्षा र बाढीका कारण तराई क्षेत्रमा उत्पादन हुने तरकारी बालीमा क्षति पुगेपछि पुर्वी तराईमा तरकारीको मुल्य अप्रत्यासित रुपमा बढेको छ ।

अन्य वर्षहरुमा समेत वर्षायाममा तरकारीको मुल्य बढ्ने गरेपनि यस वर्ष भने अप्रत्यासित रुपमा मुल्य बढेको हो ।

साउन महिनाको सुरुवात देखि नै पुर्वी नेपालमा निरन्तरको वर्षाले तराई क्षेत्रमा लगाइएका तरकारीवालीलाई नोक्सानी गरेको र पहाडी क्षेत्रबाट ल्याउदा आफुहरुलाई नै महगों पर्ने गरेको कारण तरकारीको मुल्य बढेको व्यापारीहरु वताउछन । पहाडि क्षेत्रबाट आउने तरकारी ल्याइपुर्याउदा धेरै दिन लाग्ने भएको कारणले विग्रीएर नोक्सानी हुने तथा लागत समेत बढी पर्ने गरेको सुनसरीको इटहरीको आइतवारे साप्ताहिक बजारमा तरकारी विक्री गर्न आएकी महिला वताउछिन ।

वर्षा अघिको तुलनामा सतप्रतिशत साथै कतिपय हरिया तरकारीको मुल्य त्यो भन्दा वढी पर्न थालेको उपभोक्ताहरु वताउछन । इटहरीको आइतवारे साप्ताहिक बजारमा तरकारी किन्न आएकी स्थानीय गृहणी वर्षापछि अत्याधिक बढेको गुनासो गर्दछीन । त्यसै गरी अर्का उपभोक्ता तरकारीको मुल्य आकासिएपनि सरोकारवाला निकायहरु गम्भीर नभएको गुनासो गर्दै तरकारीको मुल्य दिनप्रति दिन वढ्नेक्रम जारी रहदा तरकारी किनेर खानेहरु मारमा परेको गुनासोे गर्दछन ।

तरकारी उत्पादनका दृष्टिकोणले मुलुकै पहिलो स्थान ओगट्ने सुनसरीमा समेत वर्षाको कारण तरकारी उत्पादनमा हस आएको तथा उत्पादित हरियो तरकारीबालीमा क्षति पुगेको कारण समेत तरकारीको मुल्य बढेको पाइन्छन । सुनसरीमा उत्पादित तरकारीहरु काठमाडौ लगायतका विभिन्न सहरहरु सम्म पुग्ने गरेको छ ।

Facebook Comments

१२ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु