कुवेतमाथि नेपालको सानदार जित

न्यूपाटी
0
SHARES

काठमडौं,११ साउन । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । कुवेतले दिएको १४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो । नेपालका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले । ४२ बल खेलेका उनले ११ चौका र १ छक्काको सहयोगमा ६८ रन बनाए । नेपालका शरद भेषवाकरले ३८ रनको योगदान गर्दा उप–कप्तान ज्ञानेन्द्र मल्ले १९ र रोहित कुमार पौड्यलले ६ रनको योगदान गरे ।

बलिङतर्फ कुवेतका कप्तान मोहम्मद शासिफले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका मोहम्मद शासिफले ४९ रन जोडे ।जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ ।

Facebook Comments

११ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु