सिरियामा १० दिनमा २६ बालबालिकासहित १०३ जनाको मृत्यु

न्यूपाटी
0
SHARES

काठमाडौं, ११ साउन । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको छ । पछिल्लो १० दिनमा अस्पताल, विद्यालय, बजार तथा बेकरीमा लक्षित गरी भएका आक्रमणमा २६ बालबालिकासहित कम्तिमा १०३ जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय अधिकारीले बताएका छन् ।

सरकारी सेनाले अस्पताल, विद्यालय, बजार र बेकरीमा गरेको आक्रमणमा ठूलो संख्यामा मानिसहरुको मृत्यु भएको हो । संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले सरकार र रुससहितका उसका साझेदारले गरेको कठोर हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको बताईन । उनले गैरसैनिक स्थलमा भएका आक्रमणलाई दुर्घटना भन्न नमिल्ने बताईन ।

रुसले भने नागरिक बस्ने ठाउँमा आफूहरुले हवाई आक्रमण नगरेको जनाएको छ । सिरिया सरकारले भने अल कायदासँग जोडिएका जिहादीले युद्धविराम उल्लंघन गरेकाले कारबाही गर्नुपरेको जनाएको छ ।

Facebook Comments

११ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु