कृषि बिकास बैंकमा ३८४ जना कर्मचारीको माग ,आवेदन अनलाइनबाट

न्यूपाटी
0
SHARES

काठमाडौं,१ साउन। कृषि विकास बैंकले ठुलो संख्यामा कर्मचारी माग गरेको छ । मंगलबार एक सुचना जारी गर्दै बैंकले लेखापाल देखि वरिष्ठ शाखा प्रमुख सम्म पदका लागि ३८४ जना कर्मचारी माग गरेको हो । बैंकले तह ४ देखि ९ सम्मका लागि कर्मचारी माग गरेको हो।

बैंकले सुर्खेत केन्द्रका लागि ४२ जना सहायक स्तरका कर्मचारी माग गरेको छ। भैरहवामा १ सय जना, विराटनगरमा ५४ जना कर्मचारी माग गरेको छ।

बैंकको वेवसाइटमा गएर अनलाइनबाटै फारम भर्ने व्यवस्था रहेको बैकले जनाएको छ । परीक्षा दस्तुर पद अनुसार ४ सयदेखि १ हजार रुपैयाँसम्म तोकिएको छ ।

विज्ञापनमा आवेदन दिनका लागि इच्छुकहरुले विज्ञान खुलेको (असार–३१) दिनदेखि २१ दिनभित्र अर्थात साउन २० सम्ममा दरखास्त फारम भर्नुपर्नेछ । त्यस्तै दोब्बर दस्तुर तिरेर फारम भर्नका लागि साउन २१ गते देखि साउन २७ सम्म समय तोकिएको छ ।

Facebook Comments

१ श्रावण २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु