अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन अस्तव्यस्त

न्यूपाटी
0
SHARES

काठमाडौं, २९ असार । अमेरिकाको लुजियानामा भीषण वर्षासँगै आएको आँधीले जनजीवन प्रभावित पारेको छ । प्रतिघण्टा १ सय १२ किलोमिटरको गतिमा आएको आँधीले जनजीवन अस्तव्यस्त पारेको हो ।

आँधीले थप वितन्डा मच्चाउन सक्ने भन्दै स्थानीय प्रशासनले सचेत रहन नागरिकलाई आह्वान गरेको छ ।

आँधीपछि बाढी आउन सक्ने भन्दै सुरक्षित स्थानमा जान सरकारले आह्वान गरेको हो । १ लाख मानिस सुरक्षित स्थानमा गइरहेको बताइएको छ ।

आँधी आएपछि त्यहाँका हवाई उडानसमेत बन्द भएका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लुजियानामा आपतकाल घोषणा गरेका छन् ।

Facebook Comments

२९ असार २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु