अमेरिका र बेलायतको सम्बन्धमा चिसोपना

न्यूपाटी
0
SHARES

काठमडौं,२५असार।बेलायती विदेशमन्त्री जेरेमी हन्टले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले बेलायत र प्रधानमन्त्री टेरिसा मेप्रति ‘अनादर’ देखाएको बताएका छन् ।

इमेल प्रकरणलाई लिएर राष्ट्रपति ट्रम्पले अमेरिकाका लागि बेलायती राजदूत किम डारोचलाई निकै मूर्ख मान्छे भन्ने टिप्पणी गरेपछि विदेशमन्त्री हन्टको यस्तो कडा प्रतिक्रिया आएको होे ।

ट्रम्प प्रशासन प्रभावकारी नरहेको भनी टिप्पणीसहितका इमेलहरू सार्वजनिक भएपछि ट्रम्पले शृङ्खलाबद्ध ट्वीटमार्फत् ब्रिटिश राजदूतको आलोचना गरेका थिए । उनले युरोपेली सङ्घबाट ब्रिटेन औपचारिक रूपमा बाहिरिने ब्रेक्जिट प्रक्रिया सम्हाल्ने प्रधानमन्त्री मेको तौरतरिकाको पनि आलोचना गरेका थिए ।

आफ्ना सुझावलाई मेले बेवास्ता गरेको र ‘मुर्ख्याइँको बाटो’ अवलम्बन गरेको ट्रम्पको टिप्पणी थियो । यसै विषयलाई लिएर यी दुवै देशबीच आरोप-प्रत्यारोप जारी छ ।

Facebook Comments

२५ असार २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु