५ वर्षीया बालिकाको सामूहिक बलात्कार,२ बालक प्रहरी नियन्त्रणमा

न्यूपाटी
0
SHARES

काठमडौं,२० असार । भारतको राजधानी नयाँ दिल्लीमा ५ बर्षीया बालिकाको समूहिक बलात्कार भएको घटना बाहिरिएको छ । प्रहरीले सामूहिक बलात्कारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ । उनीहरु पनि नाबालिग रहेको जनाइएको छ ।

प्रहरी स्रोतका अनुसार ती बालिकालाई सामूहिक बलात्कार गर्ने १० र ११ वर्षीय दुई बालकलाई नियन्त्रणमा लिएर सुधार गृहमा राखिएको छ । समाचार एजेन्सीहरुका अनुसार घर नजिकैको पार्कमा खेलिरहेकी ती बालिकालाई छिमेककै दुई बालकले बलात्कार गरेका हुन् । निकै बेरसम्म बालिका घर नपुगेपछि उनकी आमाले पार्कतिर खोजी गर्दा रोइरहेको अवस्थामा फेला पारेको बताइएको छ ।

उनी पुग्नासाथ दुवै बालक भागेका थिए । प्रहरीको सहयोगमा पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा बलात्कार भएको पाइएको हो । (एजेन्सी)

Facebook Comments

२० असार २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु