नगरभित्रका सहकारीलाई व्यवस्थित र उत्पादनका क्षेत्रमा सक्रिय वनाउन छलफल

न्यूपाटी
0
SHARES

इटहरी,१७ असार । नगर क्षेत्रमा रहेका सहकारी संस्थाहरुलाई नियमन तथा प्रवद्र्धन गर्ने उद्धेश्यले इटहरी उपमहानगरपालिकाले आज सहकारी भेला गराएको छ ।

उपमहानगरपालिकाको सहकारी शाखाले नगरक्षेत्रमा रहेका सहकारीलाई व्यवस्थित र उत्पादनका क्षेत्रमा सक्रिय वनाउने विषयमा केन्द्रीत भएर छलफलका लागि भेला बोलाएको हो ।

सहकारी संस्थाहरुले निक्षेप संकलन र लगानी गरेरमा मात्र नहुने भन्दै उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले उत्पादनका क्षेत्रमा समेत काम गर्नु पर्नेमा जोड दिए । सहकारीहरुले आत्मनिर्भर अर्थतन्त्रमा सहयोग गर्दै आफना सदस्यहरुलाई रोजगारी प्रदान गर्न सक्ने तर्क समेत गरे ।

उपमहानगरपालिकाले सहकारीहरु संस्थाहरुलाई लक्षित गरि सहकारी शाखा माफर्त खर्च गर्ने गरि २ करोड रुपौया विनियोजन गरेको सो अवसरमा जानकारी गराइयो । कार्यक्रममा राष्ट्यि सहकारी बैककी सदस्य अमृता सुब्बा , उपमहानगरपालिका सहकारी शाखा प्रमुख मञ्जु लोहनी लगायतले सहकारीका विषयमा बोलेका थिए । भने नगरक्षेत्रमा रहेका सहकारीका प्रतिनिधिहरु समेतको सहभागिता रहेको भेलामा सहकारीहरुका विषय र गतिविधिहरुमा केन्द्रीत भएर छलफल गरियो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा कुल १सय ५८ सहकारी रहेका र त्यस मध्ये १सय २५ उपमहानगरपालिकाको नियमन क्षेत्र र ३३ वटा प्रदेस सरकारको नियमन भित्र पर्ने सञ्चालनमा रहेका सहकारी शाखाका सुमन पौडेले जानकारी दिए । उपमहानगरपालिका भन्दा बाहिर समेत सेवा विस्तार गरेका सहकारीहरु प्रदेस मातहत रहने व्यवस्था रहेको छ ।

Facebook Comments

१७ असार २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु