इटहरीमा लाग्ने साप्ताहिक हाटबजार व्यवस्थित वनाउने विषयमा सरोकारवाला निकायहरुविच छलफल

न्यूपाटी
0
SHARES

इटहरी,१० असार । सुनसरीको इटहरीमा लाग्ने आइतबारे र बुधबारे साप्ताहिक हाटबजार व्यवस्थित वनाउने विषयमा सरोकारवाला निकायहरुविच छलफल भएको छ ।

साप्ताहिक बजार लाग्ने दिन अव्यवस्थित रुपमा सडक क्षेत्रमै सिटी सफारी लगायतका सवारीहरु राखिने गरिएका कारण आवागमन समेत प्रभावित हुने लगायतका समस्याहरु हुने गरेको भन्दै व्यवस्थित वनाउने विषयमा छलफल आयोजना गरिएको हो । छलफलमा प्रदेस नम्बर १ ट्राफिक प्रहरी कार्यालय इटहरी प्रमुख प्रहरी उपरिक्षक भिम दाहाल इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक समिरचन्द्र खरेल वडा नम्बर ९का वडासदस्य शिवराज शर्मा लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

छलफलका क्रममा स्थानीयले हाटबजार सडकमा लगाउने भन्दा हाटबजारका लागि छुट्याएको ठाउँमा एकै प्रकारका सामाग्रीहरु एक लाईनमा राख्ने ,अर्काे प्रकारका सामाग्रीहरु अर्काे त्यसैगरी राख्ने व्यवस्था मिलाए व्यवस्थित हुने सुझाव दिए । ट्राफिक प्रहरी उपरिक्षक दाहालले सडक क्षेत्र बजार लगाउने कार्यलाई निरुत्साहित गर्दै हटाउने योजना अघि बढाइ सकेको बताए । उनले पार्कीगं व्यवस्थित वनाउने विषयमा उपमहानगरपालिकासंग छलफल र कुराकानी भई रहेको जानकारी दिए । इटहरीको वडा नम्बर ६ र ९ को सिमानामा लाग्ने साप्ताहिक हाट बजारको दिन अत्याधिक भिड हुने गरेको कारण आवतजावतमा समेत समस्या पर्ने गरेको स्थानीयको गुनासो रहदै आएको छ ।

Facebook Comments

१० असार २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु