पूर्वी नेपालमा तरकारीको मुल्य आकासियो

न्यूपाटी
0
SHARES

इटहरी,८ असार । असार महिनाको सुरुवातसंगै पूर्वी नेपालमा तरकारीको मुल्य आकासिन थालेको छ । हरेक वर्ष झै वर्षायामा पूर्वी नेपालमा तरकारीको मुल्य वृद्धि भएको हो । पानी पर्न थालेपछि किसानहरुको खेतमा लगाएको तरकारीवालीमा क्षति पुग्ने गरेको कारण साथै यस समयमा उत्पादन समेत कम हुने भएको कारण समेत तरकारीको मुल्य वृद्धि हुने गरेको छ ।

असारको पहिलो साताबाटै पुर्वी तराईमा वर्षा हुन थालेपछि त्यसको असर तरकारीको मुल्यमा पर्न थालेको हो । एक साता अघिको तुलनामा इटहरीमा तरकारीको मुल्य २० देखि ६० प्रतिशत वढेको उपभोक्ताहरु वताउछन । कतिपय तरकारीको त कुरै नगरौ सतप्रतिशत भन्दा वढी मुल्य वृद्धि भएको पाइएका एक उपभोक्ता वताउछिन । तराई क्षेत्रमा वर्षायामका उत्पादन कम हुने तथा पहाडि क्षेत्रबाट ल्याउदा लागत वढी हुने गरेको कारण समेत मुल्य वृद्धि हुने गरेको व्यापारीहरु वताउछन ।

तरकारी उत्पादनका दृष्टिकोणले मुलुकै महत्वपुर्ण स्थान ओगट्ने सुनसरीमा समेत वर्षायाम तरकारीको मुल्य वढेको छ । सुनसरीको दक्षिणी तथा पश्चिम क्षेत्रमा उत्पादीत तरकारी मुलुकका विभिन्न ठाउँहरु सम्म पुग्ने गरेका छन ।

Facebook Comments

८ असार २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु