इटहरीमा यामाहाको फिल द थ्रिल’ रोड सो, ‘एफजी भी थ्री’ सार्वजनिक

न्यूपाटी
0
SHARES

इटहरी,२६ जेष्ठ । यामाहा मोटरसाइकलको इटहरी विक्रेता तिरुपति अटो सिटीले फिल द थ्रिल रोड सो सहित एफजीएस एफआई भी थ्रि एक कार्यक्रमका बिच आज सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी नायव निरिक्षक समिर चन्द्र खरेलले नयाँ मोटरसाइकल एफआई भी थ्रीलाई सार्वजनिक गरेका हुन् ।एफजीएस–एफआई भी ३.० अत्याधुनिक ‘एफआई’ (फ्युल इन्जेक्सन) प्रविधि र ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम) दुवै भएको १५० सीसी सेग्मेन्टकै पहिलो मोटरसाइकल भएको एमएडब्लु इन्टरप्राइजेजका विक्री अधिकृत प्रकास देवकोटाले जानकारी दिए ।

यसमा १४९ सीसीको ‘सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड ब्लुकोर इन्जिन’ रहेको छ जसले अधिकतम १३.२ बीएचपी पावर र १२.८ एनएम टर्क उत्पन्न गर्छ । यसमा अघिल्लो पुस्तामा झैँ ५–स्पिड गियरबक्स रहेको छ भने अगाडि ४१ एमएमको ‘टेलिस्कोपिक फर्क’ र पछाडि ‘मोनो शक’ छ यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको बताईएको छ ।

यसको फ्रन्ट र ब्याक दुवै ह्विलमा डिस्क ब्रेकको व्यवस्था गरिएको छ ।सार्वजनिक गरिएको मोटरसाईकलको विक्री सुरु भई सकेको तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुलीले जानकारी दिए । मोटरसाईकल सार्वजनिक तथा फिल द थ्रिल रोड शो कार्यक्रममा विभिन्न कलाकारहरुका प्रस्तुति रहेका थिए भने व्यवसायी भिमपौडेल , शैलेश विष्ट लगायतको उपस्तिी रहेको थियो ।

Facebook Comments

२६ जेष्ठ २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु