अधुरो काम पुरा गर्ने वाचासहित चुनावी प्रतिस्पर्धामा रञ्जु सिग्देल

न्यूपाटी
0
SHARES

रञ्जना पौडेल
इटहरी,२३ जेष्ठ । उद्योग बाणिज्य संघ इटहरीको चुनावको मिति नजिकिदैं गर्दा जेष्ठको गर्मी सँगसगै चुनावी माहोल पनि तातिदै आएको छ । अघिल्ला चुनावमा झैं यस वर्ष पनि बिशेषत राजनीति आस्थाका आधारमा दुई प्यानलबिच चुनावी संघर्ष हुने निश्चित छ । एक पक्षको नेतृत्व इटहरीका व्यापारी ,उद्योगी तथा समाज सेवी भिम पौडेलले गरेका छन भने अर्को पक्षको नेतृत्व उद्योग बाणिज्य संघ इटहरीका हालका बरिष्ठ उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष, युवा व्यवशायी तथा समाज सेवी शैलेष बिष्ठले गरेका छन । यिनै शैलेष बिष्ठको प्यानलबाट आगामी असार १४ मा हुने चुनावमा दर्विलो सदस्यको प्रतिस्पर्धीको रुपमा उभिएकि एक महिला सदस्यको नाम हो रञ्जु सिग्देल ।

उनको जन्म साविक सिंगिया गाविस हालको रामधुनी नगरपालिका वडा नं ३ मा आमा कमला देवी तथा पिता चुडामणी सिग्देलको दोस्रो सन्तानको रुपमा २०३९ साल असोज २ गते भएको थियो । एक त दुर्गम गाउँ तिमाथि किसान परिवारमा जन्मिएकि रञ्जुको बाल्य अवस्था खासै सुखद रहेन र पनि बिभिन्न बाधा अवरोध सँग लड्दै जुद्दै आफ्नो पढाईलाई निरन्तरताचै दिईरहिन । एल एल सि को परिक्षा दिए सँगै २०६० सालमा डिल्लिराम चौलागाँई सँग वैवाहिक जिवनमा बाधिन पुगिन । घर गए घरै पिडालु बन गए बनै पिडालु भने झैं श्रीमान पनि सामान्य किसान पृष्ठभुमीकै थिए जस्ले गर्दा जिवनका संर्घर्ष यथावत नै रह्यो ।

आफ्नो ईच्छा नर्स बन्ने हुदाहुदै आर्थिक कारणले पढाईलाई तेता तर्फ लैजान नसकेको पिडा उनलाई आजसम्म छ । विवाह भएको केही समय पछि बजार पसेर केहि गरौं भन्ने उदेश्यले श्रीमान सँगै इटहरीमा डेरा गरि बस्न थालिन । उनको यो बजार बसाई घरकालाई शैह् थिएन र पनि श्रीमानको साथ र सहयोगले जनता कलेजमा उच्च शिक्षाका लागि नाम लेखेको बताउँछिन रञ्जु । समयको परिवर्तन सँगै श्रीमानले पनि जग्गाको ब्यापार गर्न थाले । कमाई राम्रै हुदै गयो । २०६५ सालमा कमाएको जम्मा ५ लाखको लगानिमा सिग्मा सप्लार्यस नाममा व्यवशाय सञ्चालन गरिन जुन व्यवशाय आज करिब ५ करोडको भएको छ ।

जनता कलेज इटहरीबाट उच्च शिक्षा पुरा गरिसके पछि त्यही कलेजमा पढाउने अवसर पाईन तर घरमा सानो छोरा, भर्खरै सञ्चालनमा ल्याएको व्यवशायलाई समय दिनु पर्ने भएकोले अध्यापन पेशालाई छोड्नु परेको रञ्जु बताउछिन् । अध्ययनकै दौरान बिभिन्न सामाजिक संघ संस्थामा रहेर समाज सेवा गरेको अनुभव भएकै कारण इटहरीमा पहिलो पटक रोटरी क्लव अफ इटहरी नामक संस्थामा उनी आवद्ध भईन । यहि क्लवमा बस्दा बस्दै उद्योग बाणिज्य संघका बिभिन्न पदाधिकारीसँग चिनजान भएको र उनीहरुकै सल्लाहमा उद्योग बाणिज्य संघ इटहरीमा यस अघिको चुनावमा सदस्यको उमेद्धारी दिएर भारि मतले बिजय हासिल गरेको उनी बताउँछिन ।

उद्योग बाणिज्य संघ इटहरीमा बैधानिक प्रवेससँगै आफुलाई धेरै अवसर र चुनौतीहरु सामना गर्नु परेको रञ्जु बताउछिन् । समूहिक प्रतिवद्धता हुदा हरेक ठाउँमा सफलता पाउन सकिने उनको अनुभव रहेको छ । रञ्जु आफनो सक्रियतालेनै २५ जना उद्यमी महिलाहरुको समिति बनाएर सामाजिक क्षेत्रमा सहयोगको भावले सक्रिय छिन ।

यहि टिमको सल्लाह र सक्रियतामा महिलाहरुलार्इृ नेतृत्व बिकास सम्बन्धि तालिम दिएको ,साना उद्यमी महिलाहरुले उत्पादन गरेका बस्तुको बजारिकरण गर्ने तालिम सञ्चालन गरेको ,स्थानिय स्तरमा महिलाहरुको हक अधिकार बिषय तालिमको  आयोजना गरेको ,केन्द्र सँगको सहकार्यमा प्रदेश स्तरिय मेला आयोजना गरिएको ,घरेलु महासंघ सँगको सहकार्यमा बार्षिक करिब ५० जना उद्यमी महिलाहरुलाई बिना धितो ५ लाख सम्मको ऋण प्रवाह गरिएको उनी बताउछिन ।

२०७४ साउनमा बुढीखोला गाउँ पसेर भएको मानविय तथा भौतिक क्षतीको समयमा पनि आफुले बालबालिका, महिला र वृद्धवृदाहरुको आवस्यकतालाई बुझेर सोही अनुरुपको राहत वितरण गरेको रञ्जु बताउछिन् । अघिल्लो कार्यकालमा आफुले केहि सिक्ने क्रममै समय घर्केकोले महिलाहरुको हितमा धेरै काम गर्न बाकी रहेको भन्दै अब फेरी निर्वाचित हुन सके बिशेष महिलाहरुको लागि उद्यमी महिलाहरुको व्यापार बढाउन बजारिकरणको तालिम,हर हिसाब राख्ने तालिम लगायतको योजनाहरु कार्यन्वयनमा ल्याउने उनी बताउँछिन ।

उनले प्राप्त गरेको विश्व बिद्यालयको डिग्रिलाई जागिर खान प्रयोग गरिनन् तर यसको सहि सदुपयोग उनले आफ्नो घर परिवार र व्यवशायमा समर्पित गरेकि छिन । हरेक क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिताको राज्यको नीति भएपनि विविध कारणले महिलाहरु सहभागि हुन सकिरहेका छैनन । उनी हरेक महिलाहरुलाई आ आफ्नो क्षेत्रबाट अगाडी बढी आफ्नो अधिकारको सदुपयोग गर्न सुझाव दिन्छिन ।

Facebook Comments

२४ जेष्ठ २०७६ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु